सर्लाही – पछिल्लो पाँच महिनामा मधेसका ८ जिल्लासहित देशभर जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् ।
नेपाल प्रहरीका अनुसार ति घटनामा परि १६ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन्। आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ ।

आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना कोशी प्रदेशमा भएका छन्।
जसनुसार कोशीमा तीन सय ३१, मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना घटेका छन्।
दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।





