सर्लाही – मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । आज बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरेर २७ औं भूकम्प सुरक्षा दिवस मनाईएको हो।
भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका कानून तथा गृह, सञ्चर तथा कानूनमन्त्री राजकुमार लेखीले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित मधेस प्रदेशमा भूकम्प सुरक्षा दिवस मनाइएको छ । २०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ ।





