काठमाडौंबाट जनकपुर आउँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु

२०८१ माघ ४, शुक्रबार १०:१६
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौंबाट जनकपुर आउँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना भएको छ। विहीबार साँझ साढे पाँच बजे काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस सिन्धुलीको सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा धनुषाका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको र बाँकी अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको बताईएको छ। बसको पछाडिको टायर पन्चर भई सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार