सर्लाही – धनुषामा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि ट्रकका चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई पक्राउ गरि घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





