सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक जना पुरुष घाईते

२०८१ माघ १०, बिहीबार १२:५६
सांकेतिक तस्बिर

कौडेना – सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक जना पुरुष घाईते भएका छन्। बुधबार बिहान जिल्लाको कौडेना गाउँपालिकास्थित कौडेना बजारमा एम्बुलेन्सले ठक्कर दिँदा सोहि गाउँपालिकाको वडा नम्बर ३ निवासी मदन चौधरी घाईते भएका हुन्।

प्रहरीका अनुसार बिआर ३० एल ४००७ नम्बरको भारतीय मोटरसाईकलमा सवार भई बजारबाट घरतर्फ जाँदै गरेका चौधरीलाई मधेश प्रदेश ०३–००१ झ ००७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ सामान्य उपचार गरि थप उपचारका लागि काठमान्डौमा लगिएको बताईएको छ। उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार