सर्लाहीका दुईसहित देशभरका २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द

२०८१ माघ १०, बिहीबार १८:३४

सर्लाही – सर्लाहीका दुईसहित देशभरका २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गरिएको छ। संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ । सर्लाहीको धनकौल गाउँपालिकाका र ब्रह्म्पुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी रद्द गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार