
सर्लाही – सिरहामा आठ दिनदेखि हराइरहेकी एक बृद्वाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।
प्रहरीका अनुसार जिल्लाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादवको शव आज दिउँसो कर्जन्हा नगरपालिका-६ बेतहास्थित खलिल राइनको पोखरीमा फेला परेको हो।
उनी २ माघको बिहान ६ बजेदेखि हराइरहेकी थिइन् । खोज तलासको क्रममा उनको शव बिहीबार पोखरीमा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सिरहाले जनाएको छ।