
सर्लाही – जाजरकोटमा बलात्कार प्रयासको प्रतिकार गर्दा ३ बर्षिया बालिकाको हत्या भएको छ।
जिल्लाको बारेकोट गाउँपालिका – ७, स्यालामा एक स्थानीय ३ बर्षिया बालिकालाई बलात्कार प्रयासको चिच्याएर प्रतिकार गर्दा धारिलो हतियारले घाँटी रेटी हत्या भएको जाजरकोट प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत बुधबार राति बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ वर्षीय छोरा विरेन्द्र नेपालीले ति बालिकालाई बलात्कार प्रयास गर्दा बालिकाले रोई कराई चिच्याएर प्रतिकार गर्ने क्रममा चक्कुले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
मृतक बालिकाको शव घाँस राख्ने टहरामा घाँसको पुलाले छोपेर लुकाएको अवस्थामा भेटिएको थियो। घटनापस्चात प्रहरीले बीरेन्द्रलाई आफ्नै घरमा लुकीर बसेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका बालकलाई बालनिगरानी कक्षमा राखेको र अनुसन्धानका लागि जाजरकोट जिल्ला अदालतबाट म्याद थप गर्ने तयारि गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारि दिनेश तिमिल्सेनाले जानकारी दिए।