
बलरा – सर्लाहीको बलरामा चार चक्के रथको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका – २, हथियौलका बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गएराती हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट गम्भीर घाईते भएकी थिइन्। गम्भीर घाईते उनलाई तत्काल उपचारका लागि भारतको मेजरगंजस्थित हस्पिटलमा लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि रथका चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको तथा घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।