
सर्लाही – भौतिक पूर्वाधार मन्त्रालय मधेश प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–१, का यादवको मृत्यु भएको हो ।
प्रहरिका अनुसार कार्यालय जाँदै गर्दा जनकपुरधामस्थित मधेश भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन ।
यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।