सर्लाही: नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन सुरु

२०८१ माघ ११, शुक्रबार २०:१७

मलङ्गवा – सर्लाहीस्थित नेपाल भारतबिचका सीमा स्तम्भ मर्मत तथा रंगरोगन सुरु गरिएको छ।

हिँजो (बिहिबार) बाट सर्लाहीका प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठ, सर्लाहीका नापी अधिकृत कपिल कट्वालसहितको टोलि र भारतीय सशस्त्र सीमा बल एसएसबी कनौलीको टोलीले संयुक्त रुपमा सीमा स्तम्भ मर्मत सम्भारको कार्य सुरु गरेको हो।

जिल्लाको कौडेना गाउँपालिका -७, शिवनगर र भारततर्फ सितामढी जिल्ला खोप्राहा खाप ग्रामपंचायत ६ खापगाउँस्थित दशगजा इलाकामा रहेको सानो सीमा स्तम्भ नं. ३२९/२ देखी पश्चिमतर्फ सीमा स्तम्भ मर्मत सम्भार तथा रङ्गरोगन कार्यको उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठले जनाकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार