
धनकौल – झुटो वन मुद्दा विरुद्ध नेकपा माओवादी केन्द्र धनकौलले मसाल जुलुस निकालेको छ। आज (सोमबार) साँझ शिव कुमार कुशवाहाको अगुवाईमा धनकौल गाउँपालिका ५ हनुमान चोकमा मसाल जुलुस निकालिएको हो।
हुँदै नभएको कपोकल्पित मुद्दा बनाएर बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन रहेको भरत ताल, नगर बगैँचा र नगरले सुकुम्बासी व्यवस्थापन गरेको विषयमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तान सहित केही कर्मचारीहरुलाई फसाउन खोजेको भन्दै मशाल जुलुस निकालिएको हो।
राजनीतिक प्रतिशोध साधेर सरकारले जनप्रिय मेयर र उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै पार्टीले पछिल्लो समय सर्लाहीमा आन्दोलन गर्दै आईरहेको छ। सोहि क्रममा आज धनकौलसहित जिल्लाभर मसाल जुलुस निकालिएको थियो।