
बागमती – सर्लाहीको बागमती नगरपालिकाले आजबाट १८ गतेसम्म पालिकाभरि सार्वजनिक विदा दिएको छ।
नगरपालिकाले हिँजो (सोमबार) एक सूचना जारी गर्दै पालिकामा आजबाट १८ गतेसम्म सार्वजनिक विदा दिएको जानकारी गराएको हो। सोनाम ल्होछारको अवसरमा १५ र १८ गते स्थानीय बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।
तामाङ समुदायले आफ्नो महान पर्व माघ १७ गते मनाउँदै छन् । सो दिन देशभर राष्ट्रिय बिदा नै दीईएको छ भने १६ गते सहिद दिवसका अवसरमा सार्वजनिक बिदा परेको छ । उक्त चार दिन नगरपालिकाका भित्रका सबै सरकारी संघ संस्था तथा कार्यालयहरू बन्द रहने छन्।