काठमाडौंबाट धनुषा आउँदै गरेको बसमा एक जना यात्रु मृत फेला

२०८१ माघ १५, मंगलवार १४:२५

सर्लाही – काठमाडौंबाट धनुषा आउंदै गरेको गरेको रात्रिबसमा एक जना यात्रु मृत फेला परेका छन्। मृत फेला पर्नेमा भारतको मधुवनी सिम्री टोलका ७० वर्षीय जगदिश यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार साँझ काठमाडौंबाट छुटेको मधेस प्र ०४-०० ख ०१५७ नम्बरको बसमा उनि मृत भेटिएका हुन्। बिहानपख पिसाब फेर्नका लागि अन्य यात्रुहरू लालगढ झर्ने क्रममा उनी सीटहरूको बीचको भागमा लडिरहेको अवस्थामा भेटिएका थिए।

मृतकको शव अहिले सोहि बसमा राखिएको छ भने मृतकका परिवारलाई बोलाईएको छ। मृतकका आफन्त नआएसम्म शवलाई बसमै राखिने र यस सम्बन्धमा अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार