सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा के छ ? (विधेयकसहित)

२०८१ माघ १५, मंगलवार १४:३६

सर्लाही – सरकारले सामाजिक सञ्जाल नियमन गर्न विधेयक ल्याएको छ । सो विधेयक संसदमा दर्ता भएको छ । विधेयक राष्ट्रियसभामा दर्ता भएको हो । विधेयकले सामाजिक सञ्जालको दुरुपयोग गरेमा कडा कारबाही गर्ने प्रावधान प्रस्ताव गरेको छ ।

विधेयकमा भनिएको छ, ‘बेनामी वा छ‌द्मभेषी पहिचान बनाउन वा प्रयोग गर्न नहुनेः (१) कसैले सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छ‌द्मभेषी पहिचानमार्फत विषयवस्तु उत्पादन गरी पोस्ट वा शेयर गर्ने, अरूको विषयवस्तु शेयर गर्ने, कमेन्ट वा कल गर्ने कार्य गर्नु हुँदैन ।’

यस्तो गरेमा तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रस्ताव छ । यस्तै कसैले प्लेटफर्ममा व्यक्तिगत वा सामूहिक रुपमा छ‌द्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न नहुने प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार