शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभर शहीद दिवस मनाइँदै

२०८१ माघ १६, बुधबार ०६:१८

सर्लाही – शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ।

विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा दिवस मनाउने गरिन्छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । दिवसका अवसरमा आज देशभर सार्वजनिक विदा छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार