
मलङ्गवा – सर्लाहीमा एक विद्यालयको बरण्डामा बेहोस भेटिएका अपरिचित बृद्वको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको बरहथवा नगरपालिका – ८, टाँडी टोलस्थित दलित सामुदायिक प्राथमिक बिधालयको बराण्डामा बेहोस अवस्थामा भेटिएका ति बृद्वको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
प्रहरीका अनुसार आज (बुधबार) बिहान बिद्यालयमा बेहोस अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवामा लगिएको थियो सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।
उनि सोहि नगरपालिकास्थित बरहथवा बजारमा मागेर खाने गरेको स्थानीयहरूबाट बुझिएको छ। हालसम्म उनको सनाखत हुन् नसकेको र सनाखतको लागि उनका अभिभावक वा आफन्तलाई आवश्यक कागजातहरू सहित ईलाका प्रहरी कार्यालय बरहथवामा सम्पर्क गर्न अनुरोध गरिएको छ।