
सर्लाही – खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको छ। खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबारे बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
सोमोमा चालकसहित ४ जना मात्रै सवार रहेको बुझिएको छ। जसमध्ये बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा पछि सुमोका चालक सुनसरीको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार भएका छन्। सुमो राती नै दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।