
सर्लाही – पर्सामा स्रोत नखुलेको ६ लाखसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम वडा नम्बर १४ बस्ने २७ वर्षीय ओम कुमार रौनियार रहेका छन्।
प्रहरीका अनुसार आदर्शनगर भएर जाँदै गरेको बिआर ०५ क्यु ४३८४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ६ लाख रकम भेटिएपछि नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनको साथबाट ५ सय दरका नोट १२ सय थान गरी जम्मा ६ लाख रकम र मोटरसाईकल बरामद गरेको छ। पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को (क बमोजिमे कसूरमा थप अनुसन्धान भइरहेको छ।