पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, प्रतिलिटर कति पुग्यो ?

२०८१ माघ १८, शुक्रबार २१:०२
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको निर्णयले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँ बढाइएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त पेट्रोलियमको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ ले हवाई इन्धनमा ५.७० रुपैयाँ बढेर आएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ ।

p

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार