सर्लाही – धनुषामा आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले डिएसपी भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीमाथि ठगी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको छ।






