रौतहटमा करेन्ट लागेर एक जना अमिनको मृत्यु

२०८१ माघ १९, शनिबार १६:३८
सांकेतिक तस्बिर

सर्लाही – रौतहटमा करेन्ट लागेर एक जना अमिनको मृत्यु भएको छ।

शनिबार दिउँसो जिल्लाको गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा करेन्ट लागेर गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको मृत्यु भएको हो।

करेन्ट लागेर घाईते उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो। उक्त अस्पतालमा पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्। मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार