प्रशिक्षक देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

२०८१ माघ १९, शनिबार १८:२२

सर्लाही – नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसंग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले १० वर्षपछि आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो । उनले केही दिनअघि नेपालका युवाहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए । क्यानले उनको योगदानका लागि धन्यवाद पनि दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार