जाजरकोटमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर फर्किँदै गरेका पुरुषको हत्या, आशंकामा ७ जना पक्राउ

२०८१ माघ १९, शनिबार १९:१४
सांकेतिक तस्बिर

सर्लाही – जाजरकोटमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर फर्किँदै गरेका पुरुषको हत्या भएको छ।

गत बिहिबार जिल्लाको जुनीचाँदे गाउँपालिका – ६, मैपका ३० बर्षिय राम बहादुर शाहीको सोहि गाउँपालिका – ५, को शिवपुरी माविमा भईरहेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर साँझ घर फर्किने क्रममा कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ।

त्यसको पछिल्लो दिन (शुक्रबार) जुनीचाँदे गाउँपालिका – ६ स्थित काहाँरे खोलामा उनको शव भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको कुटपिट गरि हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ७ जना स्थानीयलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखेर घटनाको अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार