महाकुम्भबाट फर्किरहेको गाडी बिहारमा दुर्घटना, पाँच जना नेपालीको मृत्यु

२०८१ माघ १९, शनिबार २०:५३

सर्लाही – भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी महोत्तरीका पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महाकुम्भमा स्नान गरेर फर्कीदै गरेका महोत्तरी मनराशिस्वा २ कट्टी निवासी ५० वर्षिया मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षिया इन्दु देवी झा, ३० वर्षीया अर्चना झा रहेका छन् भने अर्का मृतक चालकको पहिचान खुल्न नसकेको बिहार प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बि.आर.३२ पि.ए ४६६१ नम्बरको जीपले विपरीत दिशा बाट आउदै गरेको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्।

घाइते भएका ३० वर्षिय मनोहर कुमार झा, २५ वर्षिया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर, ५० वर्षीया जगतारन देवीको एसकेएमसिएच मुजफ्फरपुरमा उपचार भैरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार