पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न

२०८१ माघ २०, आईतवार ०९:५३

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एचपिभी खोप अभियान २०८१ सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार दिउँसो गाउँपालिका कै सभाहलमा गोष्ठी सम्पन्न भएको हो।

कार्यक्रममा महिलामा देखिएको पाठेघर क्यान्सर गम्भीर रोग भएकाले समयमा रोग लाग्नबाट बच्नका लागि एचपिभी खोप लगाउनु पर्ने सम्बन्धि छलफल भएको थियो। साथै चन्द्रनगर गाउँपालिकाका भित्रका करिव १४ सय ७ जना किशोरीलाई खोप दिइने लक्ष्य लिईएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनु भयो।

खोप सर्लाही जिल्लामा पहिलो चरण अन्तर्गत यहीँ माघ २३ गते देखि २९ सम्म जिल्लाका ११ ओटा पालिकामा खोप अभियान सुरु हुँदैछ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोसहित पालिकाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानियलगायत संचारकर्मीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार