सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ

२०८१ माघ २०, आईतवार १३:२०
साङ्केतिक तस्बिर

मलंगवा – सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा-९ का २७ वर्षीय मुकेश कुमार सोनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई जिल्लाको ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट नक्कली नोटसहित पक्राउ गरिएको हो। उनले सुकनाहा बजारकै किराना पसलमा सामान किनेर नक्कली नोट दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनले पसलमा दिएको भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोट र बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार