सर्लाही – मकवानपुरमा भिरबाट लडेर पर्साका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरी रहेका छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका-४ जैसिङतालस्थित करङ भिरबाट लडेर उनि गम्भीर घाईते भएका थिए। घाईते उनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको र सोहि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उनि सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेका थिए। यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।







