
सर्लाही – महोत्तरीमा एक महिलाको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको छ। जिल्लाको गौशाला नगरपालिका वडा नम्बर- ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुस्बु यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आज बिहान उनको शव धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सोहि नगरपालिकाको वडा नं ५ स्थित खेतमा भेटिएको हो।
घरबाट शनिबार राति निस्केकी उनि बिहान खेतमा मृत भेटिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए।