
सर्लाही – सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहा श्रीलंका प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय योजना र सहकार्यलाई प्रवर्द्वन गर्न बिशेष टोलीको साथमा नगर प्रमुख कुशवाहा श्रीलंका गएका हुन्।
सात दिन सम्म रहने भ्रमणमा सर्लाहीका ४ नगरपालिकाका नगरप्रमुखसहित देशभरका २० जना नगर प्रमुखहरुको बिशेष टोलि श्रीलंका गएको बताईएको छ। भ्रमणको क्रममा टोली बिभिन्न बैठकहरुमा उपस्थित हुने छ।