
सर्लाही – रौतहटमा डेढ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई शनिवार दिउँसो विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले चन्द्रपुर ४ चिडियादल टोलबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।