
सर्लाही – बिरगंजमा स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका– १० आदर्श नगरबाट पक्राउ गरेको हो। आदर्श नगरमा चेकजाँच गर्ने क्रममा अजय साहले लगाएको सेतो ट्र्याकसुटको दुवै साइडको खल्तीमा लुकाइछिपाई राखिएको एक हजार दरका नोट सात सय थान फेला परेको हो ।
यसअघि पनि अजय कुमार साह माथि जिल्ला प्रहरी कार्यालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । साह पटके हुन्डी कारोबारमा संलग्न रहेको देखिएका कारण हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।