६ सय ४ किलो गाँजासहित एक जना पक्राउ

२०८१ माघ २५, शुक्रबार १२:४२
६ सय ४ किलो गाँजा महोत्तरी

सर्लाही – महोत्तरीमा ६ सय ४ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका –१ का गणेश बहादुर बिश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाको भंगाहा नगरपालिका–६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा भेटिएको हो।

गाँजा फेला परेपछि ट्रकसहित उनलाई पक्राउ गरिएको हो। यस बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार