नूर आलम बादशाह, बारा – बाराको पचरौता नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनु भएका प्रहरी उपरीक्षक सन्तोष तामाङलाई स्वागत तथा सम्मान गरिएको छ ।
एक साता अघिमात्र बारा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका तामाङ्लाई नगरपालिकाका पदाधिकारीवीच परिचयात्मक कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा प्रहरीले प्रदान गर्ने सम्पूर्ण सेवा सबैको केन्द्र बिंदुमा राखेर गर्ने, न्याय मरेको, न्याय हराएको, न्यायलाई कुलचीएको कुनै पनि सेवा प्रदान नगर्ने, प्रहरी कहाँ आउने जो कोही पीड़ितहरुको उचित सुनुवाई हुने र यसका लागि सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बिश्वास प्रहरी उपरीक्षक तामाङले दिलाउनु भएको थियो ।
सो कार्यक्रमलाई अध्यक्षता गर्नुभएका नगर प्रमुख जलन्धर सिंहले प्रहरी प्रमुखको आगमन सँगै बाराबासीले सुरक्षाको अनुभूति गर्न थालेको उल्लेख गर्दै सफल कार्यकालको लागि शुभकामना पनि ब्यक्त गर्नु भयो।
नगरप्रमुख सिंहको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा वडाअध्यक्षहरु मकबूल मियाँ अंसारी, धेनुक राउत कुर्मी, बनारसी मुखिया बिन, वडा सदस्यहरू, शिक्षा सहायक मुकेश कुमार सिंह, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साह लगायत बिभिन्न शाखा प्रमुख, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।







