जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

२०८१ माघ २६, शनिबार १०:१२
साङ्केतिक तस्बिर

सर्लाही – सिरहामा जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेका छन्।

उनलाई प्रहरीले सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट शुक्रबार पक्राउ गरेको हो। राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार