
सर्लाही – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो निभाइएको छ । शनिबार बिहान अकास्मात् खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको छ।
आगलागी के कारणले भएको हो खुल्न सकेको छैन भने आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।