
सर्लाही – प्रहरीले सप्तरीबाट ७ सय २६ किलो गाँजासहित स्कारपियो गाडी प्रहरी नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान जिल्लाको बोदे बर्साइन नगरपालिका– ३ बाट उक्त परिमाणको गाँजासहित स्कारपियो गाडी नियन्त्रणमा लिईएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चन्हिबाट बोदे बर्साइनतर्फ आउने हुलाकी सडक खण्डमा चेकजाँच गर्ने क्रममा गाँजा बोकेका दुई वटा स्कार्पियो गाडी भेटिएका र ति गाडीबाट गाँजा झार्ने क्रममा एउटा नम्बर नखुलेको गाडी भागेको बताईएको छ।
यस्तै, अर्को प्र १-०२-००२ च ५८३४ नम्बरको स्कारपियो भने प्रहरीले नियन्त्रणमा लिएको छ। भागेको स्कारपियो र नियन्त्रणमा लीइएको स्कारपियोका चालकको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१ चनहीको कमलदाहामा परालले छोपिएको अवस्थामा ६७० किलो गाँजा नियन्त्रणमा लिएको थियो।