
सर्लाही – जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भेरी नगरपालिका-२ रिसाङका ४० वर्षीय टली विक रहेका छन्।
प्रहरीका अनुसार शनिबार नलगाड नगरपालिकाको दल्लीबाट सदरमुकामतर्फ आइरहेको भे ५ ख ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका-१ स्थित रिगौटा मोडमा दुर्घटनामा पर्दा उनि गम्भीर घाईते भएका थिए।
गम्भीर घाईते उनलाई उपचारका लागि नेपालगञ्जमा ल्याईएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। यस विषयका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।