
सर्लाही – बारामा सशस्त्र प्रहरीले ५ किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बिओपी बेलदारीबाट खटिएको प्रहरीको टोलीले जिल्लाको पचरौता नगरपालिका – ४, ईनर्वा गाउँबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार भारतीय मोटरसाईकलमा आएका एक व्यक्तिले प्रहरीलाई देख्न बित्तिकै उक्त गाँजा फालेर भागेका थिए। उनको खोजि भईरहेको प्रहरीले जनाएको छ। बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको छ।