
सर्लाही – धनुषाको एक बिद्यालयमा पेस्की रकमको विषयमा विवाद हुँदा प्रअ र शिक्षकबिँच कुटाकुट भएको छ। आज दिउँसो जिल्लाको कमला नगरपालिका – २ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबिच विवाद बढेपछि कुटाकुट भएको हो।
राहत शिक्षकका रूपमा कार्यरत रोहितले विद्यालय प्रशासनसँग पेस्की रकमको बारेमा कुरा गर्दै थिए । रोहितले ५० हजार रुपैयाँ पेस्की मागेका थिए, तर प्रधानाध्यापक जगरनाथ यादवले भने २५ हजार मात्र दिन सक्ने प्रतिक्रिया दिएका थिए ।
त्यसपछि उनीहरु एक अर्काप्रति कुटाकुटमा उत्रिएका हुन्। उनीहरु कुटाकुटमा उत्रिएपछि बिद्यालयमा होहल्ला मच्चिएको थियो जसले बिद्यालयको पठनपाठनमा समेत असर पर्यो। अहिले उक्त बिद्यालयको अवस्था भने सामान्य बनि सकेको बताईएको छ।