
सर्लाही – जनकपुरबाट सर्लाही आउँदै गरेको बस महोत्तरीमा दुर्घटना भएको छ।
प्रहरीका अनुसार आज दिउँसो जनकपुरबाट सर्लाही आउँदै गरेको ना.५ ख. २८५१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि दुर्घटना भएको हो।
दुर्घटनामा ३० जना यात्रु घाईते भएका छन्। घाईते मध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।