बालेनलाई अमरेशकुमारको च्यालेञ्ज: हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ

२०८१ माघ २८, सोमबार १३:४५

सर्लाही – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन च्यालेञ्ज गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काएर देखाउन बालेनलाई चूनौति दिएका हुन् । ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिट्लरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए’, उनले भने, ‘ घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् ।’

उनले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार