भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब, सुविधा बढाउनु पर्छ – मुख्यमन्त्री सिंह

२०८१ माघ २८, सोमबार १७:०२
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिहंले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब, सुविधा बढाउनु पर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

साथै भ्रष्टाचार नियन्त्रणमा गर्न सदाचार, निष्पक्षता र निर्भिकताका साथ् सबैले भूमिका खेल्नु पर्ने बताए। शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानीलगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार