रामनगरमा आगलागी: एउटा घर जल्यो, ५ चौपाया मरे

२०८१ माघ २९, मंगलवार ०९:३१
सांकेतिक तस्बिर

धनकौल – सर्लाहीको रामनगर गाउँपालिकामा आगलागीबाट लाखौँको क्ष्यती भएको छ।

सोमबार साँझ ७ बजेतिर रामनगर गाउँपालिका – ३, रामटोलमा स्थानीय अनुप महराको कच्ची फुसको घरमा बिद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट महराको घर पूर्णरुपमा जलेको छ भने घर भित्र रहेका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन्। यस्तै, ५ वटा बाख्रा जलेर मरेका छन्।

प्रहरीका अनुसार आगलागीबाट ५ लाख बराबरको क्षति भएको छ। आगो प्रहरी चौकी खैर्वा बहुर्वाबाट खटिएको प्रहरीको टोलि र स्थानियहरुले आधा घण्टापछि नियन्त्रणमा लिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार