सर्लाही आउँदै गरेको स्कारपिओ र ट्रक रौतहटमा ठोक्किँदा ५ जना घाईते

२०८१ माघ २९, मंगलवार १०:४२
सांकेतिक तस्बिर

सर्लाही – सर्लाही आउँदै गरेको स्कारपिओ र मालवाहक ट्रक रौतहटमा ठोक्किँदा ५ जना गम्भीर घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – ५, चाँदी पुल स्थित ८ः२० बजे चपुरबाट सर्लाही तर्फ आउँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाईते भएका छन। घाइते हुनेहरुमा स्कार्पियोका चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतो, स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादव, दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुर, बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा र बाराको सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को सन्तोष कुश्वाहा रहेका छन्।

घाइतेहरूको अहिले चन्द्रपुरस्थित चन्द्रपुर प्रा.लि. अस्पतालमा उपचार भईरहेको बताईएको छ। दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो नियन्त्रणमा लीइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार