भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक अंक सुधार

२०८१ माघ २९, मंगलवार १२:०९
सांकेतिक तस्बिर

सर्लाही – ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३४ अङ्कसहित एक सय सातौ स्थानमा देखिएको छ ।

नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ। धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यस अघि १०८ औं स्थानमा थियो । अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, सिङ्गापुर तेस्त्रो र न्यूजिल्यान्ड चौथो स्थानमा छन् ।

उक्त सूचीमा सुडेन ८ अङ्कसहित एक सय ८०औँ स्थानमा छ । त्यस्तै सोमालिया, भेनेजुयला, सिरिया, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३८ अङ्कसहित ९६ औँ स्थानमा र चीन ४३ अङ्कसहित ७६औँ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार