बारामा १३ किलो अफिमसहित दुई जना पक्राउ

२०८१ माघ २९, मंगलवार १८:१३

सर्लाही – बारामा १३ किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय सुर्य बहादुर मोक्तान र मकवानपुर कैलाश गाउँपालिका वडा नं. ८ का ४५ वर्षीय भीम बहादुर मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट पक्राउ गरेको हो। प्रदेश २–०३–००१ प १६१४ नम्बरको स्कुटीमा सवार भएर हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोजेपछि नरोकेर भागेका थिए।

भागेपछि प्रहरीको टोलीले पछ्याएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले उनीहरुको साथबाट १३ किलो अफिम जस्तो देखिने लागू औषध र नगद १ लाख ३३ हजार ६५५ रुपैयाँ बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार