सर्लाही प्रहरीद्वारा घरेलु मदिरा भट्ठी नष्ट

२०८१ माघ २९, मंगलवार १८:२४
File image

मलङ्गवा – सर्लाही प्रहरीले घरेलु मदिरा भट्ठी नष्ट गरेको छ। आज बिहान जिल्ला सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका – ५, भाड्सरस्थित एक घरेलु मदिरा भट्ठी नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त स्थानमा भट्ठी संचालन भईरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले तयार गरेको भट्ठी र अनुमानित ११ सय लिटर कच्चा मदिरा, तिन थान मेसिन, १० थान ड्रम नष्ट गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार