
नूर आलम बादशाह, बारा – बाराको पचरौता नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि पत्रकार तथा बिद्यालय शिक्षकहरुलाई पालिका स्तरीय १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न हो।
खोप कार्यक्रमको लक्ष्य, उदेश्य, उपलब्धी, अवस्थाबारे जानकारी गराउने, पाठेघरको मुखको क्यान्सर निवारण, रणनिती, एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने, खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
साथै, कार्यक्रममा अभियान संचालन योजना, तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल, श्रोतको पहिचान, परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल भएको थियो।
पचरौता नगरपालिकामा सञ्चालन हुने एच.पि.भि. खोप आगामी फाल्गुन ४ गते देखि ६ गतेसम्म संचालन हुने नगर प्रमुख जलन्धर सिंहले जानकारी दिनु भयो। खोप अभियानमा छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले जानकारी गराउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जलन्धर सिंह, बिशिष्ट अतिथि उप प्रमुख नसीमा ख़ातून , प्रशासकीय अधिकृत गौरी साह, पालिका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, धेनुक राउत कुर्मी, प्रेम चौधरी, शिक्षा संयोजक बसन्त राज जोशी , शिक्षा सहायक मुकेश सिंह, समाजसेवी, भैयाराम सहनी, बिधालयका शिक्षक, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।