सर्लाही – पर्सामा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आसमिन फ्रेस हाउस चलाइरहेका उनले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।

प्रहरीले उनको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद गरेको छ। पक्राउ परेका उनीमाथि कालोबजार ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिएर थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





